Friday, October 2, 2026
Home अपराध खाना नपकाएको भन्दै श्रीमतीको हत्या

खाना नपकाएको भन्दै श्रीमतीको हत्या

69

काठमाडौं । खाना नपकाएको निहुँमा झापामा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन्।हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्। खाना नपकाएको कारण झै(झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। । प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाठकको भनाइ छ।