एमालेको भक्तपुर नगर अधिबेशन लम्बिनुको कारण यस्तो छ

294

कार्तिक १०,
भक्तपुर । नेकपा एमालेको स्थानीय तहको पालिका अधिबेशन मिति ९ गते तोकिएको थियो । त्यसै अनुसार भक्तपुरको चागुनारायण, भक्तपुर, सुर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिबेशन उद्घाटन भएको छ ।

एमालेको केन्द्रिय नीति नै यो पटकको अधिबेशन सर्बसहत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत टोली बैठक गरिएका छन्, स्रोतले भन्यो ।
केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाई छ ।

एमालेको नयाँ बिधान अनुसार नगर कमिटी ७५ सदस्यीय हुने छ । जसमा पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिब र २ उप सचिब चयन हुनेछन् ।