केएमसी अस्पताल दुवाकोटमा उपचार सेवा सुरु

286

कार्तिक ९,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौं मेडिकल कजेल (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ ।
कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पूनः सुचारु भएको जानकारी दिन अस्पतालले हिजो सोमबार र आज मंगलबार गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
करिब एक वर्ष आगाडी अस्पतालको व्यवस्थापन परिवर्तन भएसगैं भक्तपुरमा रहेको यस अस्पतालले चिकित्सको पढाई मात्र नभएर बिरामीको उपचार पनि गर्ने योजना बनाएको हो ।
मुख्य अस्पताल काठमाडौं सिनामंगलमा रहेको अस्पतालले स्वास्थ्य शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नु पर्ने भएमा ५० प्रतिशतसम्म छुट दिने अस्पतालका जनरल म्यानेन्जर नारायण दाहालले जानकारी दिए ।
अस्पतालले सम्पूर्ण रोगहरुको विशेषज्ञ चिकित्सकबाट परामर्श र उपचार गर्ने सो अवसरमा जानकारी दिएको छ ।
प्रसुती, नाक कान घाटीँ, दन्त, छाला, हाड तथा नशालगायतका विभिन्न प्रकारका रोगहरुको उपचार भक्तपुरमै सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्र्रसाद मिश्रले चाँगुबासीलाई अस्पतालले जति सुविधा दिन्छ त्यतिनै नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।