आफ्नै वडामा हारेका दुर्लभ थापाले महेश बस्नेतलाई हराउँछन् ?

2268

भदौं १८,
भक्तपुर । केही दिन यता नेकपा एमालेका नेता महेश बस्नेत, नेपालीका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीच दोहोरी चलिरहेको छ । एउटै नगरपालिका एमाले र कांग्रेसका नेताहरुको दोहोरीलाई शुक्रबार काग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले झनै चर्काइदिएका छन् ।उनले कटुन्जे भक्तपुरमा आयोजित वडा अधिवेशन उद्घाटन गर्दै भने ‘महेश जी मलाई होइन दुर्लभलाई हराएर देखाउनुस् । ‘

उसको लगत्तै एमालेका सांसद बस्नेतलले भक्तपुरमा काँग्रेसले चुनाव जित्छु भनेर कल्पना गर्नु नै बेकार भएको बताए । चुनाव हारेको वडामा गएर एमालेलाई चुनौती दिनु हांस्यास्पद अभिव्यक्ति भएको बस्नेतको भनाई छ ।

‘दुर्लभ थापाको भक्तपुरको ५ नम्वर वडा हो, त्यहाँ एमालेका राजकुमार जोशीले यसअघिको चुनावमा फराकिलो मतान्तरले चुनाव जितेर वडा अध्यक्ष हुनुभएको छ । दुर्लभ थापालाई म जमानत जोगाउन चुनौती दिन्छु जमानत जोगाउन ५ प्रतिशत भोट ल्याउनुपर्छ, त्यति ल्याएर देखाउनुस’ बस्नेतले भने। नेता बस्नेतले काँग्रेसले भक्तपुरमा जित्छु भनेर सपना नदेख्न सुझाब दिए ।

सांसद बस्नेतका स्वकिय सचिव दिनेश थापाले सामाजिक संजालमा यस्तो लेखे

हेक्का राख्नुस देउवाजी,तपाईले आज भक्तपुरमा वडा अधिवेशन उद्घाटन गर्नुभएको वडा सू.न.पा ५ तपाईंको भक्तपुर सभापति दुर्लभ थापाको वडा हो। जहाँ नेकपा एमालेका राजकुमार जोशीले(सूर्य )१४८०र रुख (७९६)भारी मतान्तरले जितेका छन।आफ्नै वडा जित्ने हैसियत नभएकाले के महेश बस्नेतलाई हराउछन ? जमानत जोगाउने भए कांग्रेसको शिर्ष नेतालाई उठाउनुस।