Saturday, September 26, 2026
Home राजनीति चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

71

काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु’, शुक्रबार ट्वीटरमा उनले लेखेका छन्, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरून्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु।’