भक्तपुरमा एमाले विभाजनः सबै जनप्रतिनिधी एमालेकै पक्षमा

497

भदौं १७ ,
भक्तपुर । भातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा नेकपा एमाले बलियो देखिएको छ । पार्टी छोड्ने जाने आउने क्रम चलिरहेकाले भक्तपुरमा तीनै तहको निर्वाचनको परिणाम आउपछि मात्र को बलियो ? भन्ने देखिने छ । पार्टी रोज्नु पर्ने समय केही दिन बाकीँ रहेकाले पनि त्यतिबेला सम्म भने को कता खुल्छ भन्ने प्रष्ट हुन्छ । ‘पार्टी टुक्रिदा केही असर त पक्कै पर्दछ । तर, भक्तपुरमा भने यसको असर खासै देखिएको छैन,’ नेकपा एमालेका एक नेताले भने । निर्वाचित जनप्रतिनिधी मध्य अहीलेसम्म दुई जना मात्र नेकपा (एकीकृत समाजवादी) पार्टी देखिएका छन् ।

एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधीहरुले २१ दिनभित्र आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको छ । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित वडा नम्बर ३, ४, ६ र ८ मा एमालेले वडा अध्यक्ष पदमा जित हासिल गरेको थियो ।

यस नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोला एमालेमा नै रहने जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । यस नगरपालिकाको निर्वाचित २ नम्बर वडाका एक जना वडा सदस्य मोहन पौडेल मात्र एकिकृत समाजवादी पार्टी तर्फ लागेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमाल, ४ का बुद्धिलाल मर्हजन, ६ का सन्ते वाइवा र ८ का परासर सापकोटा एमालेमै रहने भएका छन् ।
सूर्यविनायक नगरपालिका एमालेले नगरप्रमुख, उपप्रमुख सहित वडा नम्बर १, ४, ५, ७, ८, ९ र १० नम्बरमा वडा अध्यक्ष र सदस्य पदमा जितेको थियो ।

यस नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत एमालमै बस्ने भएका छन् । वडा नम्बर १ का अध्यक्ष सानुकाजी कायस्थ, ४ का उत्तम थापा, ५ का राजकुमार जोशी, ७ का रविन्द्र सापकोटा, ८ का किरण थापामगर, ९ का उपन्द्र केसी र १० शिवराम राउत एमालेमै रहने स्रोतले बतायो । मध्यपुरथिमि नगरपालिका एमालेले नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र एक जना वडा अध्यक्ष जितेको थियो । यो नगरपालिकाका दुबै जना निर्वाचित जनप्रतिनिधीहरु एमालेमै रहने भएका छन् ।

भक्तपुर जिल्ला समन्वय समितीमा प्रमुख नवराज गेलाल उपप्रमुख सरिता कुवँर सहित सम्पूर्ण सदस्यहरु एमालेमा नै रहने भएका छन् । वि. स २०७४ साल सम्पन्न निर्वाचनमा भक्तपुर एमालेले क्षेत्र नम्बर २ बाट संघीय सांसद जितको छ । २ नम्बर क्षेत्रको प्रदेशमा (क) सूर्यविनायक र (ख) मध्यपुर दुवै क्षेत्र जितेको थियो । एमालेले क्षेत्र नम्बर १ (क) चाँगु प्रदेश सभामा जितेको सिट पछि उपनिर्वाचनमा गुमायो ।
स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समिती, २ नगरपालिकामा प्रमुख, उपप्रमुख एक नगरपालिकामा प्रमुख र १ जना वडा अध्यक्ष पदमा मात्र जित हासिल गरेको छ ।


एमालेले स्थानीय तहको निर्वाचनमा भक्तपुर ३८ वडा मध्ये १२ वटा वडामा जित हासिल गरेको थियो । उक्त निर्वाचनमा ११ वटा वडा नेमकिपा, १४ वटा वडा नेपाली कांग्रेस र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए । संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट जितेका सांसद महेश बस्नेत नेकपा एमाले तर्फ छन् । उनी पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हरेक अवस्थामा साथ दिने मध्यका एक नेता हुन् । २ नम्बर क्षेत्रको प्रदेशमा (क) सूर्यविनायक नगरपालिका पर्दछ । त्यस प्रदेश सभाबाट निर्वाचित सांसद शशिजंग थापा एमालेमा नै रहने भएका छन् ।

सोही (ख) मध्यपुर नगरपालिका पर्दछ । त्यस क्षेत्रबाट निर्वाचित सांसद डाक्टर राजेन्द्रमान श्रेष्ठ नेकपा (एकिकृत समाजवादीं) पार्टीमा रहने भन्दै सनाखत गरेका छन् । उनले मंगलबार हेटौंडा पुगेर सनाखत गरेका हुन् । प्रदेश सभाको समानुपातिक तर्फकी सांसद सरस्वती वाटी पनि एमालेमा नै रहेने भएकी छिन् ।