युरो कपः पोर्चुगल र फ्रान्स विजयी

205

असार २,
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे । लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्‍याए । खेलअघि रोनाल्डो र प्लाटिनीको समान ९ गोल थियो । ८७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए। साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुराआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले सोमबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो ।

समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए । म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ । त्यसअघि साविक विजेता पोर्चुगलले हंगेरिलाई ३- ले पराजित गर्दै ३ अंक जोडिसकेको छ । अब अर्को खेलमा फ्रान्सले हंगेरी तथा जर्मनीले पोर्चुगलसँग खेल्नेछ । दुवै खेल जुन १९ मा हुनेछ ।