कविता: म बाचेर आए !

597

कोरोना संक्रमण पछि
-हेमराज ढकाल

मैले मृत्यु जितेर आए कहिल्यै भन्दिन म
किन कि आजसम्म कुनै प्राणीले जितेका छैनन् ।

हो फेरि म संसारमा बाचेर आए, माया गर्नेहरूको
नजरमा एउटा छुट्टै विशाल खुशी लिएर आए म ।

त्यो कहालीलाग्दो रात, मुस्किलले समय कटाउन
मैले मेरो मातापिता र भगवानसग गुहार मागे ।

त्यो हरेक घडीमा मरुभूमिको तातो ताप सहेर
औषधी, डाक्टर र उपचारले सहायताले बाचेर आए म ।

कोरोनाको त्रासदीमा पनि कर्म अगाडी बढाउदा
खै कसरी भए संक्रमीत सकिन पत्तो पाउन मैले ।

आफ्नो र आनाको प्राणको रक्षा आफै गरौं
यहाँ सरकार र निकायको वरपरको भर नपरौ ।

सुरक्षीत हौ, घरमा बसौं, कोहि मर्न नपरोस्
नत्र मैले जस्तै बाचेर आए तपाईंले भन्न नपरोस् ।।