कार्यालयमा तास खेलेर बस्छन् विद्युत प्राधिकरणका कर्मचारी

269

झापा । झापाको विद्युत प्राधिकरण दमकको वितरण शाखाका कर्मचारीहरु सेवाग्राहीको काम गर्नु भन्दा तास खेलेर बस्ने गरेका छन् । गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहलाई फोन गरपछि उक्त कुरा बाहिर आएको छ । उक्त दिन सेवाग्राहीको सबै कुरा सुनिनसक्दै शाहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए । शाहको कुरा सुनिकसेपछि सेवाग्राही कार्यालयमै पुगे । जहाँ कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरका थिए । सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्याल पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख शाहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए । सर्वाजनिक स्थलमा जुवा तास खेल्नेलाई अवस्थाको गम्भीरत हेरेर सार्वजनिक अपराध ऐनअन्तरगत २० हजारदेखि ४८ हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने बताएका छन् ।