विदेशमा बस्ने नेपालीले संघ संस्थाको दुरुपयोग गर्नु भएन्

278

समाजसेवी तेन्जी लामा पाख्रिनको अर्को परिचय हो, नाटक प्रोड्युसर उनले २०७२ बैशाख १२ को भुकम्पपछि मातृभूमि नेपालले भोगिरहेको पिडा र देश, बिदेशमा रहेका नेपालीले आ-आफ्ना तर्फबाट निभाउनु पर्ने कर्तप्य भुल्नु हुन् भन्ने संदेश सहितको समय दृश्य नाटक बनाए जुन नाटक २३ अप्रिल २०१६ मा जन्मिएको थियो पाख्रिन सुरुमा आफ्नो जीवनकथामा आधारित नाटक बनाउन चाहान्थ्यो तर, आफु १४,१५ बर्षको हुँदादेखिको नै नाटकको लागि लेख्दै आईरहेको डायरि सन् २००९ मा अचानक घरबाटै गायब भएपछि उनि समय द्रिस्य नाटकका प्रोड्युसर बन्न पुगेका हुन् नेपालका गरिब असहाय तथा घरबार बिहिन बालबालिकाका चौतर्फी बिकासका लागि उनि आफै फाउण्डर डाईरेक्टर बनेर सन् २०१३ मा फस्ट एजुकेट यूके नेपाल स्थापना गरेका हुन् उनै महान ब्यक्तिप्व समाजसेवी तथा नाटक समय दृश्यका प्रोडूसर श्री तेन्जी लामा पाख्रिनसंग गरेको छोटो कुरोकानी ।
– फस्ट एजुकेट नेपाल भनेको के हो र यो संस्थाको स्थापना कहिले भयो ?
फर्स्ट एज्युकेट नेपाल, यु. के. भनेको एउटा च्यॉरिटी ओर्गनाइजेसन हो र यसको स्थापना ऑगस्ट २०१३ मा भएको हो।
यो संस्थामा अरु को को सहयात्री हुनु हुन्छ ?
-अहिले सम्मा कार्य समितीमा ३ जाना मात्र छू तर भख्खर सदस्यता फार्म आउट भएकोले नया सदस्यताहरु पनी रजिस्टर हुँदै छन्
यो संस्थालाई चलाउन कतिको सजिलो छ ?
– संस्था चलाउन मात्र नभएर जून सुकै काम गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्दैन तर पनि आफ्नो जिम्मेवारी र कर्तब्य्यालाई पालान गरेर काम गरे चुनौतिपूर्ण कामहरु पनी सरल तरीकाले गर्न सकिन्छ जस्तो लाग्छ ।
यो संस्थाको मुख्य उदेस्य के हो ?
– यो संस्थाको मुख्य उदेस्य भनेको जती सक्तो नेपालको गरीब असाय तथा घरबार बिहीन बाल बालीका तथा ब्यक्तिहरुलाई शिक्षा, ब्याबसाहीक तालीम, हेल्थ वएर्नेस र यु. के. को नेपाली समाज भित्र लुकेका कतिपय कलाहरु जो स्टेज पाउन नस्सकर त्यतिकै बसिरहेका छन् तेस्ता तेस्ता कलाकार तथा नानीहरुलाई स्टेज दिएर कला प्रस्तुत गराउने साथै प्रदेशमा रहेर पनि नेपाली कला क्षेत्रको जगेर्ना गर्नु हो ।
नाटक समय दृश्यको जन्म कसरी भयो र यसको उदेस्य के हो ?
-यसलाई ब्रिसत्रित रुपमा भन्दा धेरै समय लाग्नु सक्छ त्यसैले नाटक समय दृश्यको जन्म कसरी भयो र यसको उदेस्य के हो भन्ने बारे छोटकारीमा भन्नु पर्दा म मेरो बाल्याकाल देखी अहिले सम्मको आफ्नै जीवन कहानीमा नाटक वा फिल्म बनाउने अथवा किताब लेख्ने भन्ने सोंच १४, १५ बर्षको उमेर हुदा नै जागेको थियो र सोही समय देखी नै आफुले दैनिक गरेको काम र आफ्नो बारेमा डाईरी लेख्ने गरेको थिएँ िग्लायचतगलबतभथि २००९ मा आएर त्यो मेरो सबै डाईरीहरु घरैबाट गाएब भो, हारयो। त्यस पछी आब मैले के गर्नु सक्छु त भनेर सोची रहेको बेला अचानक नपेलमा २०७२ साल बैशाख १२ गते ठुलो भुकम्प गयो र त्यस पछी मेरो दिमागमा यस्तो सोच आयो कि १ अहिले सम्मा मैले म आफ्नो लागी केही गर्न सकेन आब म नेपाल र नेपालीको लागी केही गर्छु भनेर भुकम्प कै बारेमा नाटक बनाउने सोच गरेर सुरु गरे ता पनी धेरै कठिनाईहरुको सामाना गर्नु पर्यो र जे जस्तो कठिनाईहरुको सामाना गर्नु परे पनी पूरा गर्छु भन्दै कालाकारहरुको खोजीमा लागेको मात्र थिएँ की २ हप्ता भित्रै मैले सोचेको मैले खोजेको भन्दा धेरै माथिल्लो तहाको निर्देसक सनाम कुमार बैराग दाईलाई भेटें, र खोज्दै जाने क्रममा मेरो सपना साहकार बनाउनको लागी भगुवान भन्नु सुहाउने कलाकारहरु भेटें, र हामी सबैको लामो पारीश्रम पछी २३ अप्रील २०१६ मा नाटक समय दृश्यको जन्मा भयो र तत्कालीन अवस्थामा यसको उदेस्य भनेको मातृभूमि नेपालले भोगी रहेको पिडालाई देखाउनु र हामि नेपाली जनताले पनि आ-आफ्नो तर्फबाट जति गर्न सकिन्छ त्यो कर्तप्य भुल्नु हुन् भन्ने पनि देखाउनु थियो ।
नाटक र फस्ट एजुकेट यूके नपालको केहि सम्बन्ध छ ?
– नाटक समय दृश्य मेरो कंसेप्टमा मैले प्रोडुस गरेको र फर्स्ट एज्युकेट नेपाल, यु. के. पनी मैले नै स्थापन गरेको भएकोले होला यो दुइ बिचको सम्बन्ध एक रथको दुइ पंग्राको जस्तो छ ।
-यूकेमा नाटक समय दृश सम्भबत पहिलो होला होइन ?
आजा सम्मा मैले सर्च गरे अनुसार यु। के। मा पहिलो नेपाली नाटक नै हो जस्तो लाग्छ, तै पनि अझ सर्च गरी रहेको छू र पहिलो नाटक हो की होइन भन्ने प्रमाण नहुन्जेल मेरो सर्च निरतंर रहने छ ।
यो नाटक बेलायतको कति ठाउमा देखाउनु भयो र अहिले सम्मको अनुभब कस्तो रह्यो ?

दुइ ठाउमा, पहिलो २३ अप्रिल २०१६ रेडिंगमा र दोस्रो ३० जुलाई २०१६ हाउंस्लोव, लण्डनमा, दुवै ठाउबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भयौं दर्सकहरु हेर्दा हेर्दै बाहिर निस्केर धुरुधुरु रुनुभएको अनुभवले सफलताको कामना आँशुबाट झन् धेरै बटुले जस्तो लाग्छ ।
यो नाटक पुरा गर्न कति समय लाग्यो र कलाकारहरु कहाँ कहाको हुनु हुन्छ ?
– नाटकको पहिलो शो गर्नको लगी समय दृश्य टिमलाई ४ महिना लाग्यो र कलाकारहरु ग्रीनविच, सेन्ट्रल लण्डन, वेम्बली, हररोव, हानवैल, फेल्थम, अल्डरशॉट, ओक्स्फोर्ड र रेडिङबाट हुनु हुन्छ सबैले एकदम मेहेनत गर्नु भएको छ ।
बेलायत जस्तो मान्छे एक ठाउ हुन मुस्किल ठाउमा एक्कासी नाटक नै किन रोज्नु भयो ?
-पहिलो कुरा त यो भन्दा अघी नेपाली नाटक यु. के.मा प्रदर्सन नभएको र नाटक भनेको कन्सर्ट, कल्चर प्रोग्रामहरु वा फिल्म शो भन्दा फराक र चुनौती पूर्ण भएकोले होला मैले नाटक नै गर्न रोजे यतिका कलाकार भेला पार्न सजिलो त पक्कै पनि भएन होला १
मैले माथी पनी भनी सकेको छू की कुनै पनी काम गर्नु सजिलो हुन्छ जस्तो लाग्दैन तै पनी नाटकको लगी कलाकारहरु भेला पार्ने बारेमा भन्नु पर्दा भगवानले मलाई तिमीले आटा म पुर्याउछु भन्नु भएको जस्तो लागेको छ ।
बेलायतका दर्सकहरुबाट यति धेरै प्रतिक्रिया बटुल्न सफल नाटकलाई बेलायतका अन्य शहरतिर चाहि किन सो गर्नु भएन ?
– दर्सकहरु बाट सोचेको भन्दा राम्रो र धेरै प्रतिक्रिया बटुलन सफल भएका छौ िअनि धेरै ठाउबाट अफर पनि आएका छन् र थिए तर हामीले सोचे जस्तो स्टेज पाएनौ कति ठाउमा महँगो भयो, नाटकको लागि तेस्तै उस्तै स्टेजले नहुने रहेछ पछाडी देखि अगाडी सबै सुबिधा संम्पन चाहिन्छ साउण्ड सिस्टम, लाईटनिंग सब थोक तेस्ले गर्दा पनि अन्य ठाउमा देखाउन सकेका छैनौ तर फेरी अर्को नाटक लिएर दर्सकहरु माझा चाडै आउदै छु ।
अर्काको अधिनमा चल्नु पर्ने बेलायतको व्यस्ततालाई चिर्दै समाज सेवा गर्नु हुन्छ यो कसरी सम्भब हुन्छ ?
– पक्कै सजिलो चै छैन, तै पनी हनेस्टली भित्री आत्माबाट नै गर्छु भनेर गर्दा समयले पनी साथ दिंदो रहेछ ।
बिदेशमा अचेल च्याउ भन्दा छिट्टो स्याँऊ स्याँऊति उम्ब्रिएका संग संस्थाहरुलाई तपाई कुन रुपले हेर्नु हुन्छ ?
-संग संस्थाहरु आफैमा महान हुन्छन् र महान उद्देश्य लिएर स्थापना गरेको संग संस्थाहरुले मलाई लाग्छ राम्रै गर्लान्, तर संग संस्थाको नाममा कसैको स्वार्थ पूरा गर्नु तथा नियम बिपरीत काम गर्नु वा संग संस्थाको दुरप्रयोग गर्नु नराम्रो हो साथै महा पाप पनी हो ।
अब अन्त्यमा मैले सोध्न छुटाएको, तपाईलाई भन्नु पर्छ जस्तो लागेका केहि कुरो भए राख्न सक्नु हुन्छ ।
सर्ब प्रथम त म के भन्नु चाहन्छु भने नाटक समय दृश्यको प्रदर्सन हुनु भन्दा पहीले म कुन स्तरमा थिएँ र अहिले कुन स्तरमा छु यो सबै समय दृश्य टीम, भोलिन्टिर्स, स्पोंसर्स र मेरो परिवारको डिटरमेनेसनस, हार्ड वार्क, सप्पोर्ट र मायाले गर्दा हो । त्यसको लगी समय दृश्य टीम भोलिन्टिर्स, स्पोंसर्स र मेरो परिवारलाई कुन शब्दले सम्मान गर्ने हो त्यो शब्द नै छैन म संग, तै पनी समय दृश्य टीम भोलिन्टिर्स, स्पोंसर्स र मेरो परिवारलाई म संग भएको एउटै शब्द हृदय देखीनै धन्यवाद नदीइ रहन सक्दिन साथै तपाईले मलाई मेरो दुइ चार शब्द राख्ने मौका दिनु भएकोमा तपाईलाई धेरै धन्याबाद भन्न चाहन्छु ।
धन्याबाद तपाईलाई पनि व्यस्ततालाई चिर्दै आफ्ना कुराहरु राखिदिनु भयो तेस्को लागि मुरी मुरी धन्याबाद भन्दै यस्तै राम्रा राम्रा कामहरु गर्दै अघि बढिरहनु होला शुभकामना । प्रस्तुतीः जानु काम्बांग लिङ्ग्देनले ( हालः बेलायत )