Tuesday, September 22, 2026
Home मनोरन्जन गायक कुशल आचार्यको ‘हावा सरर’ सार्वजनिक

गायक कुशल आचार्यको ‘हावा सरर’ सार्वजनिक

233

बैशाख १९,

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन्।

कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत सुन्न सकिन्छ। सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयालको अभिनय रहेको छ।

भिडियोको कथा निर्देशक सुनोदले तयार गरेका हुन् भने स्कृनप्ले सुनेश श्रेष्ठले लेखेका हुन्। सुनेशले खिचेको भिडियोलाई निर्देशक सुनोदले नै सम्पादन गरेका छन्। भिडियोमा भिएफएक्स तथा कलरको काम भने प्रविण श्रेष्ठले गरेका छन्।

गीतलाई लिएर गायक कुशल निकै आशावादी छन्। उनी भन्छन्, ‘द भ्वाइसको प्लेटफर्ममा मैले धेरै माया पाए। अहिले अफिसियल गीत सार्वजनिक गरेको छु। सबैले माया गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु।’