भाइले २५ लाख पाउने लोभमा दाजुको हत्या गरे

376

बुटवल । रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव नदी नजिकै स्थानीय ३४ बर्षीया राजेन्द्र यादव हत्या गरेर फालिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरी अनुसन्धानबाट एक कठ्ठा जग्गा वा २५ लाख दिने सुपारि दिए पछि मृतककै भाइ बिरेन्द्र यादवसहित ८ जनाको समूहले हत्या योजना बनाएको पुष्टि भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए । हत्या घटनामा संलग्न मृतकका भाई बिरेन्द्र यादव, सन्तकुमार यादव, सियारी गाउँपालिका २ का रामबेलास यादव, बुद्धिराम कोहार, हत्या घटनाका सहयोगी सिद्धार्थ नगरपालिका ११ का राकेश यादव, अफताफ मुसलमानलाई पक्राउ गरिएको र थप दुई जना फरार रहेको एसपी पोखरेलले बताए । उनका अनुसार हत्या घटनामा सहयोगी लङारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन ।