अफिमसहित पुरुष पक्राउ

252

माघ १७,
काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो । म्याक्सको साथबाट ३ किलो अफिम बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिलीप चौधरीले रातोपाटीलाई बताए । माईलाले मकवानपुरको टिष्टुङबाट सो अफिम ल्याएको प्रहरीलाई बताएका छन् । अफिमलाई प्रशोधन गरेर ब्राउन सुगर बनाइन्छ । उनि ०३९ देखी लागु औषध कारोबारमा सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अफिम कारोबार गर्नेलाई अदालतले १५ वर्ष देखी जन्मकैद सम्म गर्न सक्छ । सो ऐन अनुसार ५ देखी २५ लाख जरिवाना गर्न सक्ने ब्यवस्था छ ।