Friday, October 2, 2026
Home मनोरन्जन प्रिमियरमा ‘बीर विक्रम २’ को प्रशंसा, वर्षाको पहिरनमाथि सबैको नजर

प्रिमियरमा ‘बीर विक्रम २’ को प्रशंसा, वर्षाको पहिरनमाथि सबैको नजर

190

जेठ २,
काठमाडौँ ।यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को रिलिजको पूर्वसन्ध्यामा भब्य प्रिमियर गरिएको छ । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको ‘पर्पल कार्पेट प्रिमियर’ मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘रोयल प्रिमियर’ को नाम दिइएको उक्त प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् ।

लामो पिङ्क गाउनमा प्रिमियरमा पुगेकी वर्षाको पहिरनमाथि सबैको नजर अडिएको थियो । उनी राजकुमारीझैँ देखिएकी थिइन् । फिल्मका अभिनेता द्वय पल शाह र नाजिर हुसेन भने सुटमा ठाटिएका थिए । फिल्ममा नेगेटिभ रोलमा रहेका कलाकार बुद्धि तामाङ पनि ब्ल्याक सुटमा प्रिमियरमा उपस्थिति भएका थिए । निर्देशक मिलन चाम्सले भने दौरा-सुरुवालमा रातो रंगको कोट लगाएका थिए ।

करीब ३ सय बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । साथै, निर्माण टिमले फिल्मका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो । आफू निर्देशित फिल्मको घोषणादेखि प्रिमियरसम्म तामझामले गर्ने चाम्सले नेपालमा पहिलो पटक ‘रोयल प्रिमियर’ गरेका हुन् ।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, शिल्पा मास्के, तेरिया मगर, प्रशान्त ताम्राकार, कुञ्जना घिमिरेलगायतका कलाकारहरुले उपस्थिति जनाएका थिए । फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया बटुलेको छ । फिल्मलाई राम्रो/नराम्रो दुबैथरी प्रतिक्रिया मिलेको छ । अभिनेता भुवनले कलाकारको अभिनय र निर्देशक चाम्सको निर्देशकिय क्षमताको प्रशंसा गरे ।

उनले भने, ‘फिल्म फुलअन इन्टरटेनिङ छ । बुद्धिको त म फ्यान नै भएँ । उसको काम उम्दा छ । फिल्म हेरुन्जेल रमाइलो भयो ।’ यस्तै, अर्का अभिनेता शिवले धेरै वर्षपछि उत्कृष्ट फिल्म हेर्न पाएको बताए । उनले कलाकारको कामको पनि प्रशंसा गरे । अभिनेत्री शिल्पाले फिल्म इन्टरटेनिङ रहेको बताइन् । फिल्मले दर्शकलाई निराश नबनाउने उनको दावी छ । डान्सर तेरियाले पनि फिल्मको प्रशंसा गरिन् ।

पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित । प्रदीप भारद्धाजको कथामा बनेको ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।filmykhabar.com