Saturday, October 3, 2026
Home प्रदेश नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक

नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक

199

कात्तिक २४,
बाँके : भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ। भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्‍दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका भएर सवारीसाधन जान रोक लगाएको हो। आइतबार पनि कुनै सवारीसाधन प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार, नेपालबाट पैदलयात्रुलाई जान दिए पनि कुनै पनि सवारीसाधन जान दिएको छैन। उनले भारतबाट आउने सवारीसाधन भने निर्वाधरूपमा आउन दिएको बताए। मुद्‍दा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने साम्प्रदायिक दंगालाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरेको उनले बताए। भारत सरकारले दंगा भड्किन सक्ने आशंकाले सीमा नाकामा सुरक्षा व्‍यवस्थासमेत कडा बनाएको छ। रुपैडिहामा सुरक्षाकर्मी परिचालन गरी समूहमा बस्नसमेत रोक लगाएको रुपैडिहाका पत्रकार सन्तोष शुक्लले जानकारी दिए।