कथाः लास फिर्ता नपाएपछी

403

-जानु काम्बांग लिङ्गदेन
सभ्यताको उचाई छुन सफल, युरोपको सुन्दर शहर प्यारिस फूल जस्तै सुन्दर देखिन्छ, हरेक सडक छेऊका रुखहरु फूलेर ढकमक भएकाछन् हरेक रुख मध्धे एक आरु पनि पर्छ, हान्ग्मा आफु बसेको कोठाको झ्यालमा उभिएर घर अगाडिको पार्कमा झ्याम्मै फूलेको एक दर्जन बोट बिरुवा माझ मस्त फूलेर चिचिला कोरल्न लागेको आरुको तरुनी बोट हेर्दै फतपÞmताईन, हेर कति राम्रो फुलेको हो यो आरु ? हाम्रो गाउ घरमा मैके छर्ने बेला भएछ ।
भित्रबाट निस्कंदै छोरो सुमन भन्छ आ…मुम्मी पनि केको आरु फुल्दा नेपालको याद हो ? त्यो पनि गाउको ? यो गोराको देश हो क्या ? नकरा बाठा जान्ने हुन्छ खुब ! हान्ग्मा छोरोलाई गालि गर्छे कता कता देशको माया उनको छातीभरि सल्बलाउछ तिमीहरु त हरियो मकै हो…हरियो पुरै नछिप्पिएको दुधे अधकल्चो काचो मकै ? झ्यालबाट जुत्ता लगाउदै गरेको छोरोतिर फर्किएर दिक्दारिको भाब मिसाउदै तँ काममा हिडेको भनि सोधिन् ? सुमन हतारिंदै जुत्ता लगाईरहेको हुन्छ, हजुर मुम्मी म साझ हल्का ढिलो आउछु होला बहिनी र तपाई खाना खाएर सुत्दै गरे हुन्छ ।
हान्ग्माले सोध्छे किन ? सोध्न नभ्याउदै सुमन हिडी सक्छ, हान्ग्मा फेरि भन्छे खोई ? अर्काको देशमा बसाई छ ढिलो आउने भन्छ ? मन भरि त्रास बोकेर छोरीको कोठामा पस्छे, छोरी स्रधा मस्त निद्रामा हुन्छे एए…उठ्न ए कान्छी कलेज जान ढिलो भो के ? छोरी ऊ…एकछिन न मम्मी …उ ..एकैछिन सुत्छु के ? ऊ ..पिल्ज ? हान्ग्मा छोरीको आङ्गलाई सिरक बिहिन बनाउने कोशिस गर्दै भन्छे लु सुत..त..कसरी सुत्छेस ? आमा छोरी बीच सिरक तानातानको होड चल्छ ।
कोठा भित्र आमा छोरीको खित्काहरू गुन्जिंछ्न् बाताबरण रमाईलो बन्छ । उज्यालो दिनको घाम झ्यालको सिशाबाट भित्र पस्न खोजिरहेको हुन्छ । युरोपको जाडोले आँखा मिच्दै उठ्न बाध्य बनाउछ श्रद्धालाई ऊ जुरुक्क होइन अल्छी मानीमानी बिस्तारै आङ्ग तन्काउदै उठ्छे अनि बाटोमा भएको टेबल कप जे जे भेट्यो लदाउदै ठोक्किन्दै ट्वाईलेट छिर्छे । हान्ग्मा रमाईलो मानि मानि प्रेमपुर्बक छोरीलाई हेर्छे । ऊ पनि छोरीको उमेरमा पुगेर आफ्नो अतित सम्झिन्छे ।
हान्मा जन्मेको गाऊ तेह्रठुमको आठराई हो । उनि बा..आमाको पहिलो सन्तान थिईन् । उनलाई जन्माउदा लाजले उनकी आमाले सुन्तलाको बोट मुनि गएर कसैले नदेखी जन्माएको हुँदा त्यो जमानाको गाँउका मान्छेले हान्ग्मालाई सुन्तली भनि गिज्याउने गर्थे । यो नाम सुन्दा छरुवा बन्दुक झैँ छताछुल्ल भएर पद्किन्थिन्न हान्ग्मा ति दिनहरु उनको धिपधिपे सम्झनामा मात्र रहे । अब हान्ग्मा जन्मेपछि उनका आमा बाबा जागिरको सिलसिलामा बिराटनगर आएर बस्न थालेका थिए । गहुगोरी हान्ग्मा सानो अनि लामो मोहोराकी सुन्दर युवती थिई ।
पातली जस्ती चिटिक्क परेको अग्ली हान्ग्माले रातो कुर्तामा हरियो सुरुवाल र साल ओढेकी थिइन् सुनौलो रंगको सेन्दलमा सानो कलिलो खुट्टा बिना नंगपालिस पनि सारै सुहाएको थियो । दिनको ३ बजेतिर नाईट बस चढेकी हान्ग्मा मूलद्वारको छेउको सिटमा बसेर एस.एल.सी पास गर्ने बितिक्कै क्याम्पस पढ्न काठमान्डू जाँदै थिइन ।
कक्षा ९ देखिनै काठमांडूमा फुफुसंग बसेर पढ्छु भनि सारै जिद्दी गरे पनि आमाले एस एल सी पास गरेपछि मात्र बल्लतल्ल हुन्छ भनेकी थिइन् । तर बाबालाई भने पठाउनु ठुलो शहरमा धेरै कुरो सिक्छन् भन्नु भाको थियो िकाठमांडू पढ्ने सपना पुरा भएकोले हान्ग्मा सारै खुशी थिइन । बिराटनगरबाट छुटेको नाईट बसमा चढ्ने सबैको नजर पहिले उनीमाथि ठोकिन्थ्यो लाग्थ्यो एक परीलाई बोकेर बस हिड्दै थियो । हान्ग्माले धेरै पल्ट एक्लै काठमांडू जाने आउने गरेकोले धेरै जसो ठाउहरुसंग परिचित थिइन ।
नाईट बस रोकियो लाहान काटेको पचिस मिनेट भएको रहेछ हान्ग्माले एस एल सी पास गर्ने बितिक्कै खुशी हुँदै काकाले सिंगापुरबाट पठाई दिएको आफ्नो हातको घाड़ी हेरी, वरपर निस्पट अध्यारो थियो । भदौको महिना जताततै पानी कताकताबाट ठुल्ठुलो भ्यागुता कराएको सुनिथ्यो । हान्ग्माले सजिलै अनुमान लगाई ओरिपरि खेत रहेछ । फुच्चे खलासी करायो ओ…दाई भारि तल हाल्नु पर्छ ? माथि डोरी पुग्दैन बाँधनालाई ।
कन्डक्टरले चाबी खोल्यो फुच्चेले भन्यो खोई दाई यहाँ दिनुस भारी ? हान्ग्माले सोचिन् कोहि मान्छे यहाबाट चढ्दै रहेछन् । भित्र बत्ति बलेकोले उज्यालो थियो मान्छे दिशा पिशाप गर्न ओर्लिए फुच्चे खलासीले हान्ग्माको छेउमा खालि रहेको सिट देखाउदै त्यो नयाँ मान्छेलाई राख्यो ।
हान्ग्मा निदाएकै थिएन तर निदाएझै गर्दै आमाले बसमा हावाले हान्छ ओढ्नु भनि जबजस्ति दिएर पठाएको सेतो तिन्खोले बर्कोले मुख छोपेर बसिरहिन । नयाँ मान्छेको पसिना गन्हाएर वाक वाक आउला झैं भयो, सायद त्यो मान्छेले पनि बुझेर होला पुरै झ्याल खोल्नुस न पिल्ज भन्यो ? हान्ग्माले झ्याल खोलिन गर्मि महिना भए पनि स्पिटमा बस दौदिंडा निकै चिसो भयो ।
मेरो नाम श्लोक हो तपाईको नि ? नयाँ मान्छेले सोध्यो हान्ग्माले भनिन् मेरो नाम हान्ग्मा हो । ए..खुशी लग्यो हजुरसंग भेटेर घर कहाँ हो ? झर्को मान्दै भनिन् हान्ग्माले बिराटनगर । मेरो सिरहा धरमपुर हान्ग्मालाई रिस पनि उठ्यो कसैले नसोधी के आफ्नो परिचय दिईरहेको होला ? तरै पनि भनि ए..हो .. श्लोक फेरी बोल्यो ब्याचलर सकेर मास्टर्सको लागि काठमांडू हिडेको हान्ग्मालाई दिक्क लाग्यो ।
भागुवान कसैले नसोधी कति आफ्नो मपाई गरेको होला यो मान्छेले ? तर पनि जवाफमा फेरी थपिन ए ..हान्ग्माको मुखबाट निस्केको ए..ले मन नभरुञ्जेल श्लोक बोलिरह्यो हान्ग्माले सजिलो सब्द ए..ए..ए..भन्दै रह्यो ।
बिहान कलंकीमा फुफु लिन आएकोले हान्ग्मा ओर्लिन् श्लोक बल्खुतिर लाग्यो । सन्जोग तेस्तो हो या संगै बस्नु लेखेको हो हान्ग्मा र श्लोकको बेला बेला भेट भईरह्यो । श्लोक सुरुमा काले काले भए पनि पछि गोरो ईन्दियन हिरो जस्तो लाग्न थालेको थियो हान्ग्मालाई । धेरै बोल्ने स्वाभाबको भएपनि मिलनसार र सहयोगी थियो श्लोक, उसको त्यहि बानी सारै मन पर्यो हान्ग्मालाई । संजोगबस हान्ग्माको फुफु पल्टन बु्रनाई जाने भयो सबै घर हान्ग्माको जिम्मामा आयो ।
श्लोक सोहि घरमा डेरा सरेर आयो ।
त्यहाँ अन्य बिद्यार्थी पनि थिए डेरामा । हान्ग्माले आफ्नै कलेजको अरु केटि साथीहरु पनि राखेको थियो अफुसंगै । श्लोक र हान्ग्माको सामिप्य बिस्तारै बढ्दै गयो । श्लोक हान्ग्माको दाहिने हात जस्तै भयो पानीको बिल बिजुलीको बिल देखि लिएर अरु पनि थुप्रै छोरा मान्छेले गर्ने कामहरु उसैले गर्न थाल्यो । उनीहरुको प्रेम सम्बन्ध बिस्तारै हान्ग्माको परिवारले थाहा पाए ्र तेस्पछि हान्ग्मालाई आफ्नै जातको लाहुरे केटा संग बिबाह गरिदिने निधो फुफुले गरिन ।
श्लोक मास्टर्स अन्तिम बर्षमा थियो । परिक्षा सक्ने बितिकै सडक विभागमा काम गर्न नेपालगंज जाँदा श्लोक र हान्ग्मा भागेर गएका थिए । यसरी भागेर बिहे गरेका जोडीले पहिलो छोरो सुमनलाई नेपालगंजमै जन्म दिएका थिए । छोरोको नाम सुमन र पछि छोरी जन्मिएमा स्रधा नाम राख्ने रहर पनि श्लोकले गरेको थियो । नभन्दै केहि बर्षमा छोरी श्रद्धाको जन्म भयो दुबैको जीवनमा खुशी छायो रौनक आयो ।
छोरी ४ बर्षको हुँदा श्लोक ईन्जिनिरिंग भिषामा फ्रान्स जाने भयो । सुरुका दिनहरुमा हान्मालाई आफ्नो प्राण भन्दा प्यारो स्लोकसंग छुट्न अति गार्हो भएको थियो तर पनि छोरा छोरीको उज्वल भबिस्यको लागि आफ्नो मुटु माथि ढुंगा राखेर बिदा गरेको थियो छोरा छोरीसंग हान्ग्मालाई धरमपुर गाउमा छाडेर पदेशियो श्लोक । घरमा वृद्ध द्धभईसकेका आमा बाबा अनि भाई मात्र थिए । क्रमश….
ताप्लेजुङ्ग, हालः बेलायत