भदौं २७,
भक्तपुर । शुक्रबार साझँदेखि भक्तपुरमा भएको एउटा घटनाको रहस्य खुलाउन नेपाल प्रहरीका सबै निकाय सक्रिय छन् । महानगरिय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली शनिबार बिहानैबाट मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणको वास्तविकता बाहिर ल्याउन तल्लिन देखिन्छ । ३६ वर्षका सुदिप अधिकारी, उनी श्रीमती ३४ वर्षकी सम्झना र १५ वर्षका छोरा सुशान्तको शव घरको फरक फरक स्थानमा भेटिएको थियो । साथ उनीहरुको घरमा पालिएको सेतो कुखुर पनि मरेको अवस्थामा भेटियो । एकै पटक घरभित्र नै तीन जनाको शव भेटिएपछि स्थानीयहरु घटनाको वास्तविकता बाहिर नआउदाँसम्म त्रास भएको बताउँछन् । शनिबार बिहान हामी घटनास्थल पुग्दा स्थानीयहरु र सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिन्थ्यो ।
घटना रहस्यमय
प्रहरीको अनुसन्धान टोली सक्रियताका साथ लगिरहेको छ । तर, घटना भएको घरभित्रको दृश्य नियालेका एक अनुसन्धान अधिकृतका अनुसार सुदिपको शवको प्रकृति अन्य दुईको भन्दा फरक छ । सम्झना र सुशान्तको शव खाटमा थियो । सुदिपको चाहीँ भुईमा । अझ आश्चार्य लाग्दो कुरा के देखिन्छ भने मृतक किशोर शुसान्तको शवमा रामनामीको कपडा ओढाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोली हिजोनै घटनास्थल आएको थियो । सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको र सुदिपको भने अलिदिन पछि मृत्यु भएको जस्तो देखिने प्रहरीको भनाई छ । पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रगतको छिर्का देखिएको थियो ।
फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको स्रोतले जानकारी दिएको छ ।
भदौं २२ गते सोमबार श्राद्ध भएर माइती डाँछी गएको र फर्केर आउदाँ भेटेको एक स्थानीयले बताए । चार दिन अगाडी दिउँसो ४ बजे घर नजिकैको फुटपाथमा सम्झना साग किन्दै गरेको स्थानीयले देखेका थिए ।
तर, मंगलबारदेखि भने त्यो घरको बाहिरको बत्ति नबलेको स्थानीय बताउछँन् । नाम नबताउने शर्तमा स्थानीय एक युवाले भने म सधै बिहान र साँझमा बाहिर निस्कन्छु तर, मैले मंगलबार साझँबाट सुदिप दाईको घरमा बत्ति बलेको देखिन । निषेधाज्ञा भएकाले पनि छिमेकीहरुले पसल बन्द भएको चासो दिएन ।
कस्तो थियो अधिकारी परिवारको विगत
उनीहरुको पुरानो घर घटना भएको स्थान भन्दा केही माथी हालको वडा नम्बर ६ मा पर्दछ । मृतक अधिकारीका तीन दाजुभाई छन् । उनी घरका जेठा छोरा थिए । मातापीता माथी घरमानै बस्दै आएका छन् । छोरो शुसान्तले यसै वर्ष एसईई उर्तिण गरेका थिए । उनी ग्लाडस्टोन स्कुलमा अध्ययन गर्दथे । २०७१ सालतीर उनीहरुले कुन्डोलमा घर बनाएका थिए । आफ्नै घरमा उनीहरुले किराना पसल समेत चलाउदैं आएका थिए । सुदिपमा मदिराको लत अलि बढि नै भएकाले परिवारमा कहिलेकाहीँ झगडा पर्ने गरेको चिनजानकाहरु बताउँछन् । उनलाई मदिराकै कारण करिब दुई वर्ष अगाडी औषधी कम्पनिले जागिरबाट निकालेको स्थानीयको भनाई छ ।
हत्यापछि आत्महत्या !
हिजो प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना यसै हो भन्न सकिरहेको थिएन । शनिबार बिहानै बाट प्रहरी टोली वास्तविकता बाहिर ल्याउन सक्रिय छ ।
सुदिपको शव अन्यको भन्दा फरक भएकाले उनले श्रीमती र छोरोको हत्यापछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको देखिन्छ, स्रोत भन्छ ।
प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
खाटमा सुतेकै समयमा सुदिपले हतियार प्रयोग गरी आमा र छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्छ, एक प्रहरी अधिकारीले भने । घटनास्थलमा विषको बट्टा भेटिएको भन्ने छ, तर, के हो ? अनुसन्धानपछि बाहिर आउला ती प्रहरीले नयाँ नेपाल न्युजसंग भने ।
हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको आजसम्मको अनुसन्धानले देखाएको हो । यसबारे थप विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ । शुक्रबार अधिकारीका भाइ सुनीलले खबर गरेपछि प्रहरी टोली अपराधस्थलमा पुगेको थियो ।