सिन्धुपाल्चोकमा पहिरोः ९ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

106

भदौ २८
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २२ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।

उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए । पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।