श्रमजीवी पत्रकार र पत्रकारको आचारसंहिता विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

381

पुजा बस्नेत
जेठ २१,
भक्तपुर । नेपाल पत्रकार सघं र भक्तपुर प्रेश काउन्सिलले आयोजना गरेको श्रमजिवी पत्रकार र पत्रकार आचारसंहिता विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा प्रेश काउन्सिलका कोषाअध्यक्ष राजेश मिश्रले आचारसंहिताको प्रयोग सम्बन्धमा उल्लेख गर्नु भयो । उहाँले पत्रकार आचार संहिता सम्बनधी कुनै गुनासो भएमा सिधै प्रेश काउन्सिलमा सम्पर्क गर्न सकिने व्यहोरा समेत जानकारी गराउनु भयो । साथै उहाँले आचारसंहिताको नाममा पत्रकारले विभिन्न आरोप खेप्नु परेको र पुर्ण प्रेश स्वतन्त्रतालाई अकुंश लगाउने काम भएको समेत प्रष्ट पार्नु भयो ।

अध्यक्ष किश्वर श्रेष्ठले २०६५ सालमा सरकारले दिएको एउटा पत्रकारको भएमा अनुगमन भएको र यसलाई पुर्णता दिन आफैले विधेयक संसोधन गर्नुपर्ने कुरामा जोडदिनु भएको छ । उहाँले सञ्चार मन्त्रीले आफ्नो उत्साह र आवेगमा बनाइएको पत्रकारलाई कारवाही गर्ने विधेयक आफुलाई मान्य नहुने कडा चेतावनी दिनुभयो ।  प्रेश काउन्सिलका अध्यक्ष गंगाराम पराजुलीले कामको निमित्त नियुक्ति पत्रको व्यवस्था हुनुपर्ने बताउनु भएको छ । उहाँले जिम्मेवारी र पारिश्रमिक पत्रमै स्पष्ट उल्लेख हुनुपर्ने समेत बताउनु भयो । त्यसै गरी विप्लव पोखरेलले विधेयक सवैका लागी बनाएको तर त्यसमा सरकारले धोका दिएको भनि प्रत्रकारको आलोचना गर्नुभयो । पत्रकारितालाई कुनै कानुन या अकुंशले रोकन नसक्नेृ र यसलाई नियन्त्रणमा राखेर प्रेश स्वतन्त्राता माथि हानि हुने कुरालाई कडा रुपले जोड दिनु भयो । पत्रकारलाई समाचार लेखेकै आधारमा जरिवाना तिराउने कुरालाई कुनै हालतमा स्विकार नहुने समेत प्रष्ट पार्नु भयो ।

यसैगरी संघका महासचिव रमेश विष्टले मिडियम काउन्सिल विद्येक फिर्ता हुनुपर्ने बताएका छन् । हामी यसलाइृ मान्दैनौ भनि कडा रुपमा प्रस्तुत गर्नु भएको छ । उहाँले पत्रकार महासंघको कुरालाई सरकारले व्यवस्था गरेको भन्दै पैसा र डलरको बलमा विधेयक लान खोजेको आरोप समेत लगाउनु भयो । विद्येयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने भन्दै कडा चेतावनी समेत दिनुभयो । महासंघका कोषाध्यक्ष राजेश मिश्र, प्रेस काउन्सिलका सदस्यहरु ईश्वरी ओझा र चेतनाथ धमला, भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल, समय समाजका सम्पादक सोम बजगाई, महासंघका जिल्ला उपाध्यक्ष रोशन शिल्पकार, सचिब कृष्ण नेपाल लगायतले नयाँ मिडिया काउन्सिल विधेयक, पत्रकार आचार संहिता र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका विविध पक्षबारे चर्चा गर्नुभयो । (प्रशिक्षार्थी पत्रकार)