कविताः नेता र नेतृत्व

517

-विदुरप्रसाद तिमिल्सिना

भन्छन् हाम्रा सबै महान् गणतान्त्रिक नेता
राज्य दोहन गर्छौँ जनता नहेर न यता ।

सङ्घीय राज्य प्रशासन रहन्छ मेरै साथ
प्रदेश,पालिका वडासम्म नै गरिनेछ माथ ।

राजदूत आयुक्त महत्वपूर्ण प्रमुख मलाई
अरूले सक्छन् कसरी गर्न देशको भलाइ ।

भन्दै कुर्लन्छन् जन माझ प्रिय हाम्रा नेता
बिसाउने कसोरी भोलिदेखि हाम्रा व्यथा ।

झोला र झोले माझ फेर समातेर दौरा
आलोचना गरेमा जनलाई हानिनेछ लौरा ।

निर्णय गर्छन् भन्दै हाम्रा गणतन्त्रिक नेता
ठूलै स्वतन्त्रता प्राप्त गरिएछ नि त यता ।

जानी नजानी भोग्दै आएकै हुन् यी व्यथा
सम्पूर्ण नेपाली जनका प्रचीन हुन् कथा ।

विवेकहीन छैनन् नेपालीजन अति नै कच्चा
निर्वाचित हुन फर्कनु पर्नेछ होला नि पक्का ।

भक्तपुर