Sunday, September 27, 2026
Home राजनीति समाजवादी विद्यार्थी युनियनको आग्रहः पेट्रोलिमय पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता होस्

समाजवादी विद्यार्थी युनियनको आग्रहः पेट्रोलिमय पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता होस्

101

भदौ १७,
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोक्न आग्रह गरेको हो । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण आक्रान्त नेपाली जनतामाथि अत्यावश्यक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु उचित नभएको बताएका छन् । उनले कोरोना महाव्याधीको कारण आमनागरिकको जनजीवन अस्तव्यस्त भएको र निम्नवर्गीय श्रमजीवी नागरिकले भात खान खुलामञ्च पुगेर लाइन लाग्नुपर्ने अवस्थामा अति आवश्यक बस्तुमा मूल्यवृद्धि गरिनु अन्याय भएको समेत उल्लेख गरे ।