के मास्कको प्रयोगले शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ ?

291

भदौ १७,
काठमाडौं । कोरोनाभाइरसको महामारीले मास्कको प्रयोगलाई अनिवार्य बनाइदिएको छ । भाइरसको संक्रमण रोक्ने एक प्रमुख उपाय मध्येको एक हो मास्कको प्रयोग । कोरोनाभाइरसको अहिलेसम्म कुनै खोप तथा अचुक औषधि छैन त्यसैले पनि यसबाट बच्ने उपयुक्त उपाय भनेको जनस्वास्थयका नियमहरुको कठोर पालना नै हो । तीमध्ये पनि सबैभन्दा मुख्य सामाजिक दुरी कायम गर्नु अनि मास्कको उचित प्रयोग गर्नु नै हो ।

नियमित सावुनपानीले हात धुने, मास्कको सही प्रयोग, स्यानिटाइजरको प्रयोग, चस्माको प्रयोग, भौतिक दुरी ९१ देखि २ मिटरसम्मको० र सरसफाइलगायतले कोरोनाभाइरसको संक्रमणबाट जोखिन सकिनेबारे जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरुले बारम्बार बताउँदै आइरहेका छन् । तर पछिल्लो समय मास्कको प्रयोगबारे केही भ्रमपूर्ण कुराहरु पनि बाहिर आएका छन् । जस्तोः लामो समय मास्कको प्रयोग गर्दा शरीरमा अक्सिजनको मात्रा कमी हुने र भविष्यमा अक्सिजनको कमीबाट हुने रोग बढ्ने खतराबारे । यसबारेमा कतिपय विज्ञ भनी मिडियामा प्रस्तुत गरिएका थरिथरिका व्यक्तिहरुको दावीले झनै मास्कका प्रयोगबारे आम जनतामा अन्यौल बढाउने काम गरिरहेको देखिन्छ ।

के मास्कको प्रयोगले साँच्चिकै हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ हो रु भनेर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टरनल मेडिसिनका डा. अग्रज उप्रेतीसँग सोधेका थियौँ । उनले कोरोनाभाइरसका विरुद्धमा सामाजिक सञ्जालहरुमा जनचेतना जगाउने थुप्रै सामग्रीहरु प्रचार गर्दै आएका छन् ।

हाम्रो जिज्ञासाको प्रत्युत्तरमा डा. उप्रेतीले ‘त्यसमा कुनै सत्यता नभएको’ जानकारी दिएका छन् । ‘कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेको अहिलेको अवस्थामा मास्कको प्रयोगलाई निरुत्साहित गर्ने यस्ता अफवाहको पछि लाग्नु खतरनाक हुने’ उनको कथन छ । ‘मास्कको प्रयोगले स्वास्थ्यमा हानी पुर्याउँछ भनेर आजसम्म कुनै पनि अनुसन्धानले तथ्य स्थापित नगरेको स्थितिमा त्यस्ता अफवाहको विश्वास गरेर मास्कको प्रयोगबारे भ्रममा नपर्न’ उनको सल्लाह छ ।

मास्क कतिबेला लगाउने र कतिबेला नलगाउदा हुन्छ ?

घरभित्र बसेको अवस्थामा मास्क लगाउन जरुरी छैन । तर ठूलो परिवार र संक्रमणको जोखिम छ भने दुरी कायम गर्ने र सम्भव भएको समय मास्क लगाउनुपर्छ ।

त्यसैगरी, घरबाहिर निस्किँदा भने अनिवार्य मास्क लगाउने । तपाईं कसैको सम्पर्कमा जादँै हुनुहुन्छ भने मास्क लगाएर नै कुराकानी गर्नुहोस् । तपाई कार्यालय जाँदै हुनुहुन्छ र कार्यालयमा तपाईंको क्याविन छ भने कार्यालय समयमा मास्क नलगाई बस्न सकिन्छ तर तपाईसँग अरु सहकर्मी छन् भने मास्क लगाउनुपर्छ । बाटोमा हिँड्दा पनि अरु मानिस छैन भनेर मास्क खोल्ने वा चिउडोमा मास्क लगाएर हिँड्ने काम विलकुलै नगरौं यो निकै घातक हुन सक्छ ।
-रातोपाटीबाट