माफी चित्तबुझ्दो भएनः नायिका पूजा शर्मा

592

साउन २६,
काठमाडौं । नायिका पूजा शर्मा पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिन प्रेस काउन्सिल पुगेकी छन् । पत्रकार सुवेदीले आफुलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले आइतबार कलाकार संघमा पनि उजुरी दिएकी थिइन् । पूजाको उजुरी पश्चात पत्रकार सुवेदीले कार्यक्रम मार्फत माफि मागिसकेका छन् । तर उनको माफि चित्त बुझ्दो नभएको भन्दै पूजा प्रेस काउन्सिलसम्म पुगेकी हुन् । उनलाई सुदर्शन थापाले साथ दिइरहेका छन् । पूजाले आफ्नो लागि मात्र नभएर समस्त कलाकारको न्यायको लागि कानुनी कारबाहीसम्म पुगेको बताइन् । उनले भनिन्, ‘म व्यक्ति विशेष भन्दा पनि समस्त कलाकारको लागि यहाँसम्म आएको हो । कलाकारहरु भनेपछि सबै पर्दछन् । म दाह्रा शब्दले मात्र यहाँँसम्म आएको होइन । उहाँले आपत्तिजनक शब्द धेरै बोल्नु भएको छ ।’