किरातीको निर्देशनमा ‘प्रेमचरी’ बन्ने

117

साउन १८,
काठमाडौं– ‘प्रेमचरी’ नाम राखेर चलचित्र निर्माण हुने भएको छ । एसबिआर फिल्मस् र आई स्टार इन्टरनेसनल फिल्मस्को ब्यानरमा यो चलचित्र संजय श्री र मोनिका कुमारी ठाकुरले मिलेर बनाउन लागेका हुन् ।
बिचल किरातीले निर्देशन रहने चलचित्रको शुक्रबार मैतीदेवी मन्दिरमा शुभ–मुर्हूत गरिएको छ । मुहूर्तमा चलचित्रका कलाकार तथा प्राबिधिक पक्षको उपस्थिती रहेको थियो । प्रेम कथामा बन्न लागेको चलचित्रमा एक्सन समेत भरपुर हुने निर्माण युनिटले जनाएको छ । पुस्कर रेग्मी, रेश्मा सुवेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुर ९ दिलिप०को मुख्य भूमिका रहने चलचित्र ६० लाखको बजेटमा निर्माण हुन लागेको हो । ओम सुनारको संगीत, रामजी लामिछानेको नृत्य, पवन गौतमको छायाँकन रहने चलचित्रको ६ भाद्रबाट छायाँकन सुरु हुनेछ ।