जेठ २७,
काठमाडौं । दशक अगाडिका तीन स्टार अभिनेत्रीको जमघट भएको छ । अभिनेत्री त्रय रेखा थापा, विपना थापा र करिश्मा मानन्धरको शनिवार साँझ एक ग्यादरिङमा भेट भयो । जहाँ वर्षौपछि उनीहरुले पुराना याद पुनः ताजा गरे । करिश्मा अघिल्लो पुस्ताकी अभिनेत्री भए पनि रेखा र विपनालाई भने एकै कालखण्डका प्रतिस्पर्धी अभिनेत्री मानिन्छ । एकसमय यी दुईबीच कडा व्यावसायिक प्रतिस्पर्धा हुने गरेको फिल्मी पण्डितहरु बताउँछन् । मितिनीु, वरमाला लगायतका फिल्ममा रेखा र विपनाले सँगै काम पनि गरेका छन् ।
आफ्नो आधिकारिक फेसबुकमा रेखाले विथ माई टू सुपरस्टारु भन्दै करिश्मा र विपनासँगको फोटो शेयर गरेकी छिन् । उनी लेख्छिन्, विपना दी इन्डष्ट्री, अडियन्स मिसिङ यू । प्लिज कमब्याक इन इन्डष्ट्री । वि लभ यू । तश्बिरमा तीन अभिनेत्रीको गाढा प्रेम देख्न सकिन्छ । उनीहरुले एकअर्काको गालामा चुम्बन गरेका छन् । सम्भवतः पहिलो पटक करिश्मा, रेखा र विपना एउटै फ्रेममा अटेका हुन् । रेखा र करिश्मा अझै फिल्ममा सक्रिय भएपनि विपना भने विवाहपछि पर्दामा देखिएकी छैनन् ।