पीताको विरासत त्यागरे सुनीलबहादुर कांग्रेसमा

333

साउन १३,
काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा हालै राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री थापा पीताको विरासत छोडेर काँग्रेस प्रवेश गरेका हुन् । उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएको बताइएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् ।
उनले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई सम्झिए ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए । आफ्ना बुबा सूर्यबहादुर लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी गरे ।