आचार्य गेल्बु शेर्पाको पहलमा ४ लाख माक्स बितरण

440

साउन १२,
काठमाडौं । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस-covid 19 ले मानव जगतलाई नै अनिश्चित र अन्योल बनाइरहेको छ।यसको उपचार र खोप समेत निर्माण नभएकोले बिश्व स्वास्थय संगठनले बन्दाबन्दी सहित मुलुकको आगमन र अन्तर्राष्ट्रिय सिमाहरु समेत बन्द जस्ता नियमहरु सार्बजनिक गरेबमोजिम हाम्रो मुलुकमा पनि दुई महिना भन्दा बढी बन्दाबन्दी रहयो। अझै पनि लकडाउनको अन्त भैसकेको छैन ।

यसै सिलसिलामा मास्क,सेनिटाइजरको प्रयोगमा समेत व्यापक वृद्धिका कारण मुलुकमा उत्पादन नहुने भएकोले अभाव समेत सृजना भएको छ।स्वास्थयकर्मिलाई पिपिइको अभाव हुँदा संक्रमित बिरामीहरुको राम्रो संग परीक्षण नभएको अवस्था छ।यस्तो कठिन परिस्थितिमा बौद्ध आचार्य गेल्बु शेर्पाको मुख्य पहलमा बौद्ध धर्मका चारै सम्प्रदाय ङिमापा, गेलुक,शाक्य र काग्यु लाई पुग्ने गरि र अन्य संघ संस्थाहरुलाई ४ लाख मास्क बितरण भएको छ।चिनिया बौद्ध धर्मावलम्बी तथा चिनियाँ बौद्ध धर्म गुरु चुङ्यौङको सहयोगमा मास्क उपलब्ध गराइएको जानकारी आचार्य गेल्बुले दिनुभयो।

सधै ब्यस्त हुने बौद्ध धार्मिक स्थल गुम्बा बिहार स्तुपामा संक्रमित नहुन भन्ने अभिप्रायले यो अभियान संचालन गरिएको आचार्य बताउनु हुन्छ।यस अभियान अन्तर्गत बौद्ध महासंघ समेत सक्रिय रहेर महासंघ अध्यक्ष आचार्य नुर्बु मार्फत चारवटा सम्प्रदाय बाट दक्षिणकाली नगरपालिकामा यहि जुलाई २१ तारिखदेखि वितरण भैरहेकोले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नु हुन आचार्यले अनुरोध गर्नुभएको छ।