असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटना अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । सिपाटारबाट काठमाडौ आउदै गरेको बस इद्रावती गाउँपालिका-१० तिखुको मोडमा बस दुर्घटना भएको थियो । सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दसैं भएकाले अधिकास गाउँबाट काठमाडौ फर्कने, माइती, मामाघर, ससुराली र आफन्तका गएकाहरु घटना परेका छन् । काठमाडौको जोरपाटीमा रहेको मनकामना स्कुल पढने कृति कुवर १० वर्षकी र उनकी बहिनी सिपापोखरे मामाघरमा दशै मनाउन गएका थिए । बस खस्दा कृतीलाई खै कसले झ्यालबाट बाहिर फालिदियो । बहिनी भने भित्र नै भइन । तर भाग्नेक्रम उनी सानी भएकाले कुल्चिए । मुहार र अन्यत्र सामान्य चोट भएका कुवर दिदिबहिनी एउटै पोशाकमा थिए । बसमा सवार प्रत्यक्षदर्शीका अनुसार बसमा १ सय २० हराहारी मानिस थिए । बसमा बालबालिकाको सख्या निकै थियो । त्यसैले एउटा सिटमा ४ जनासम्म कोचिएर बसेका थिए । छतमा धेरै यात्रु थिए । केहीले भने छतबाट हामफलेर ज्यान जोगाएका समेत घाइतेले बताए । कच्ची सडक क्षमता भन्दा चौब्बर यात्रु र यांत्रिक खराबीका कारण बस दुर्घटना भएको स्थानीयको भनाई छ ।