भक्तपुरमा घट्यो दुःखद घटनाः ‘पाल्न नसक्ने’ भन्दै शिशुको हत्या

535

जेठ १३,
भक्तपुर । उदयपुर घर भई हाल भक्तपुरको सूयविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न । भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढनालको काम गर्नेक्रममा रमिला र मिलन मगरको भेट भयो । मायाप्रेम गासेँ । केही दिन राम्रै भयो ।
संगसगैंबस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहीँ रह्यो प्रहरीसंगको बयानमा रमिलाले भनेकी छिन् ‘केहीदिन हराउने फेरी कोठामा आउने गथ्यो’ । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जिवनमा लकडाउन सूरु भएपछि समस्या आएको थियो । लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए ।

दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्, महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने ।
घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए । स्थानीयले उनीबसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।

शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए ।