पेस्तोलसहित एक युवक पक्राउ

163

भदौ २५,
राजविराज । सिरहाको विष्णुपुरबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ थलाहकट्टा बस्ने ३० वर्षीय कृष्ण यादव छन् ।यादवले विभिन्न घरमा गइ पेस्तोल देखाएर धाक धम्की दिने गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई १ थान पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।