Friday, October 2, 2026
Home समाचार आज ९० जनामा कोरोना संक्रमणः संक्रमितको संख्या ७७२, १५५ जनालाई निको...

आज ९० जनामा कोरोना संक्रमणः संक्रमितको संख्या ७७२, १५५ जनालाई निको भयो

93

जेठ १३,
काठमाडौं । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको छ ।