जब वडाअध्यक्ष रंगेहात पक्राउ परे

253

जेठ २१,
बर्दिया । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए । गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई जरिवाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले बताए । विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र स्रोतका अनुसार थारुले ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिरेका छन् । हुकिङ गरेको बिजुलीबाट उनले तीनओटा सिएफएल चिम बालेको र पानी तान्ने मोटर चलाएको खुल्न आएको छ ।