भक्तपुरमा भेटिए यस्ता इमान्दार चालक

239

माघ १४,
भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले एक जना इमान्दार चालकलाई सम्मान गरेको छ । भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा.३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई मंगलबार कार्यालयमा सम्मान गरेको हो । माघ १२ गते राती श्रेष्ठले चलाएको बस पाकिङ्ग गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला भेटे । त्यसपछि श्रेष्ठले झोला खोलेर हेर्दा महत्वपूर्ण कागजपत्र देखे । उनले झोलाका सम्बन्धीत व्यक्तिको नाम र मोवाईल नम्बर भएको देखेपछि फोन गरे ।
झोला धनी थिए टंक खनाल । जो केही समय यता अमेरिकामा बसोबास गर्दै आइरेहका छन् । १३ गते हिजो छोराहरुको ब्रतबन्ध गर्न उनी नेपाल आएका उनका ज्वाई सीताराम खतिवडाले बताए । चालक श्रेष्ठलाई त्यतिबेलासम्म झोलामा नगद रुपैयाँ थियो भन्ने पनि थाहा थिएन । जब खनालले झोलामा नगद १ लाख ४७ हजार ७५ रुपैया भएको बताए ।

त्यसपछि उनीहरु महानगरिय प्रहरी वृत्तको कार्यालय जगाती पुगे । प्रहरीले केही समयपछि झोला छुटेको गाडी अर्कै भएको पत्ता लगायो । अर्को बस थियो बा ३ ख २१४७, जसमा खनाल भक्तपुरको गट्ठाघरबाट चढेर नेपाल एयरलाइन्सको कार्यालय आगाडी झरे । प्रहरीले सोमबार खनालको झोला छुटेको बा ३ ख २१४७ बसको चालक र सहचालकलाई नियन्त्रणमा लियो । त्यसपछि झोला छुटेको बसका चालकले प्रहरीसमक्ष आफुले पैसा झिकेर झोला सूर्य श्रेष्ठको गाडीमा छोडेको बयान दिए । वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार झोला छुटेको बसका चालकले उक्त रकमबाट १५ हजारको मोवाइल किनेको र ५ हजार अन्य खर्च गरेको पाइएको छ । झोला देखेर खबर गर्ने चालक श्रेष्ठलाई प्रहरीले सम्मान गरेको छ । झोला हराउने खनालका तर्फबाट उनका ज्वाई खतिवडाले नगद ५ हजारसहित सम्मान गरेका छन् ।