बिहानै के खानुहुन्छ, होशियार !

17

काठमाडौं । बिहानै खाना खादाँ होशियार हुनुपर्दछ । नत्र तपाँईको दिन नै गडबढ हुन सक्छ । १.बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।
२. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उम्लेको अण्डा पर्दछन् ।
३. धेरै मान्छेलाई राम्ररी दाँत माझ्न समेत आउँदैन । नमिलाइकन दाँत माझ्दा दाँत नमाझेसरह खराब गर्छ । धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।
४. दूध वा दही खाएर वा चक्की खाएर भएपनि दिनदिनै क्याल्सियम शरीरलाई दिलाउनुस् । ती वर्षको भएपछि तपाईंको हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्छ ।
५.लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् । बालबालिकालाई हुने धेरै संक्रमणलाई काँचो लसुनको सेवनले रोक्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिए हुन्छ ।

तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो, हाम्रो आहार विहार । खाने खाना र रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ रु यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।

चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
– मसालेदार खाना

– चिसो पेय पदार्थ

– अमिलो फल

– चिया–कफी

-चिनीरअत्याधिक गुलिया मिठाई

-खर्बुजा

-केरा

-सुन्तला

-सखरखण्ड

– दुध

-टमाटर

– सोडा

-औषधि

-रक्सी

-दही
विहान सबेरै खाली पेटमा पानी पिएर केहीबेर पछि फाइवर भएका खाद्य पदार्थ सेवन गर्नु उत्तम हुन्छ । यसमा तपाइले घरमै बनाएको चना वा मकैको सातु, कर्नफ्लेक्स, वा मकैको फुल खानु राम्रो हुन्छ ।