काभ्रेमा कांग्रेस र लोकतान्त्रिक फोरमको समायोजन सम्पन्न, नामावली हेरौं

358

पुस ४,
काभ्रे । नेपाली काँग्रेस र तत्कालिन लोकतान्त्रिक फोरम बीच २०७४ साल असोज ३० गते पार्टी एकता हुँदा भएको सम्झौता अनुसार काभ्रे जिल्ला समितिले पार्टी केन्द्रिय कार्यालयको परिपत्र र नेताहरुको सहमतिमा जिल्ला कार्य समिति र नगर तथा गाउँपालिका कार्यसमितिमा उपसभापति सहित समायोजन गरेको छ । जिल्ला कार्यसमितिका तत्कालिन लोकतान्त्रिक फोरमका काभ्रे अध्यक्ष गोविन्द बहादुर थापाले उपसभापतिको जिम्मेवारी पाएका छन् । जिल्ला समितिमा तत्कालिन फोरमबाट मात्रै समायोजन गरिएको छ भने पालिकाहरुमा भने नयाँ संरचना अनुसारको समिति गठन हुँदा साविक समिति, तत्कालिन फोरम र अन्य पार्टीबाट समेत समायोजन गरिएको छ । वडा समितिमा समेत तत्कालिन फोरमको उपसभापति सहित समायोजन गरिएको काँग्रेस युवा नेता गणेश लामाले जानकारी दिए ।

जिल्ला कार्यसमितिमा समायोजित यस प्रकार छः

उपसभापति: गोविन्द बहादुर थापा
कार्यसमिति सदस्य:  प्रविण कुमार धिताल
प्रकाश थापा
विनोद गौतम
शंकरदास लामा
दोर्जेमान जिम्बा
विष्णु लामा
विष्णु बहादुर तामाङ

आमन्त्रित:

भरत सापकोटा
राजेन्द्र प्रताप अर्याल
कविराज श्रेष्ठ
हिराकाजी लामा
सुमेश थापा
आईमान लामा

नेपाली काँग्रेसको पुरानो संरचनाबाट नयाँ संरचना अनुसारको समिति गठन हुँदा सबै तहमा वडादेखि पालिका सम्म सहमतिको आधारमा सभापति र उपसभापतिको चयन गरिएको छ । जसमा उपसभापतिमा तत्कालिन फोरम र अन्य पार्टीबाट समेत समावेश गरिएको छ ।

गाउँ तथा नगरपालिका कार्यसमितिका सभापति र उपसभापति :

खानीखोला गाउँपालिका-सभापति: खडानन्द आचार्य , उपसभापति: दोर्जेमान जिम्बा

महाभारत गाउँपालिका-सभापति: अफिल ध्वज वाइबा, उपसभापति: टेक बहादुर बल

रोसी गाउँपालिका- लाल कुमार पाख्रिन, उपसभापति: प्रताप लामा/ शेर बहादुर लामा

नमोबुद्ध नगरपालिका कुन्साङ लामा, उपसभापति: धु्रव श्रेष्ठ

तेमाल गाउँपालिका- सभापति: तेमाल सिं लामा, उपसभापति: चन्द्र सिं तामाङ

चौरीदेउराली गाउँपालिका- सभापति: पूर्ण बहादुर लामा, उपसभापति: खड्ग गौतम

मण्डनदेउपुर नगरपालिका- सभापति रामहरि सापकोटा, उपसभापति: भरत सापकोटा/
पुरुषोतम बजगाई

धुलिखेल नगरपालिका-  सभापति: जित कृष्ण घिनाजु, उपसभापति: राजेश हुमागाई

बनेपा नगरपालिका- सभापति: राम जोशी, उपसभापति: ईश्वरी बादे श्रेष्ठ

वेथानचोक गाउँपालिका- सभापति:  कृष्ण बहादुर पाख्रिन, उपसभापति: सन्जीव थापा

पनौती नगरपालिका- सभापति:  रामशरण भण्डारी, उपसभापति: विनोद के.सी/श्रीकृष्ण थापा/राजेश कुमार कार्की/लक्ष्मण श्रेष्ठ 
काभ्रेमा १३ मध्ये (भुम्लु गाउँपालिका बाँकी) १२ पालिकाको समायोजन सम्पन्न भएको छ ।