मोडर्नमा शैक्षिक व्यापारिक महोत्सव सम्पन्न, तस्विरमा हेरौं

278

पुस ४,
भक्तपुर । मोडर्न बोर्डिङ्ग स्कुल दधिकोट भक्तपुरमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा शैक्षिक महोत्सव सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त महोत्सव विद्यार्थीहरूले ब्रिटिस काउन्सिल अन्तर्गत परियोजना अन्तर्गत आत्मनिर्भरताका लागि स्वरोजगार आयोजना गरेका हुन् । महोत्सवमा विद्यार्थीहरूले परियोजना अन्तर्गत सिकेका ज्ञान, सीप र प्रविधिलाई विभिन्न स्टलहरूमा व्यवस्थित रूपमा राखेर अवलोकनकर्तालाई बिक्री गरेका थिए । स्टलहरूमा विद्यार्थीहरूले खानाका परिकारहरू समेत आफैले बनाएर तयार गरी राखेका थिए । मस्म, आलुचप, पपकर्न, पानीपुरी लगायतका विभिन्न खानाका परिकार महोत्सवमा राखिएका थिए ।

यसैगरी महोत्सवको उद्घाटन कार्यक्रम कक्षा दशका विद्यार्थीहरूले गरेका थिए । महोत्सवमा रमाइला खेल तथा नाचगानका स्टलहरू राखेर आगन्तुकहरूलाई रमाइलो पनि गराइएको थियोे । यसैगरी विद्यार्थीहरूले विद्यार्थीहरूले आत्मनिर्भरताका लागि स्वरोजगरमूलक सीप जस्तै स् कपडाको झोला बनाउने, पेन्टिङका फ्रेमहरू बनाउने, खेलौना तथा कुसन बनाउने, जुत्ता तथा चप्पल बनाउने, कागजका साना ठूला खामहरू बनाउने, आदि विभिन्न तालिम समेत लिएर उनीहरू आफैले बनाएका सामानहरू पनि स्टलहरूमा राखेर बिक्रीवितरण गरेका थिए । उक्त महोत्सवको आयोजनाले एकातिर विद्यार्थी र आगन्तुकहरूलाई मनोरञ्जन प्राप्त भएको र अर्कोतिर विद्यार्थीहरू आफैले सीप सिकेर ती सीपलाई अरू सामु प्रस्तुत गर्दा कितावी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान समेत प्राप्त भएको आयोजक कक्षा ९ का विद्यार्थीहरूले प्रतिक्रिया दिए ।

महोत्सवको अवलोकन विद्यार्थीहरू, अभिभावक तथा विद्यालयका शिक्षक कर्मचारी लगायतले गरेका थिए । विद्यार्थीहरूले स्थानीय स्रोत र साधनलाई उपयोग गरी तिनलाई व्यवसायिक उत्पादन गर्न सिक्नु कितावी ज्ञानभन्दा धेरै महत्त्वपूर्ण रहेको प्रतिक्रिया विद्यालयको प्रधानाध्यापक अनिल कसपालले दिए । यसैगरी आफ्नो घरमा व्यवहारिक सीप नभएका आफ्ना नानीबाबुहरूले विद्यालयमा आफ्नै सामु यसरी विभिन्न वस्तुहरूको उत्पादन गरी महोत्सव आयोजन गर्दा आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया अभिभावकहरूको रहेको थियो । विद्यालयको २६ औं स्थापना दिवस पारी पौष १ गते आयोजित उक्त महोत्सव दिउँसो १ बजेबाट सुरु भई बेलुकी ४ बजेसम्म सञ्चालन भएको थियो ।