यो रुपमा के गर्दैछिन् नायिका केकी अधिकारी ?

527

मंसिर २४,
काठमाडौं । नायिका केकी अधिकारी यतिबेला फिल्म ‘झिंगे दाउ’को छायांकनमा व्यस्त छिन् । फिल्मको सेटबाट केकीको नयाँ लुक्स सार्वजनिक भएको छ । जसमा उनी फरक लुक्समा देखिएकी छिन् । फरिया चोलीमा सजिएकी केकी ऐना हेर्दै मुस्कुराईरहेकी छिन् । भने अर्को तस्बिरमा उनी आँचल शर्मा र सुर्यमाला खनालसँग देखिएकी छन् । केहि समय अगाडी फिल्म सेटबाट आँचल शर्माको पनि लुक्स सार्वजनिक भएको थियो । आँचल र केकीको लुक्सले फिल्मप्रति कौतुहलता जगाएको छ । सामाजिक कथामा बन्न लागेको फिल्ममा केकीको साथमा आँचल शर्मा, मुकुन भुषालको मुख्य भुमिका रहेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । भकुन्डेबेसीमा छायाँकन भैरहेको फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । यो फिल्मलाई निर्देशक आफैले निर्माण गरेका हुन् ।