आज साग खेलकुदको अन्तिम दिनः पाँच खेल हुँदै

184
sf7df8fF} !# dªl;/ M …;fuÚ sf] k"j{cEof; ub}{ v]nf8L bz/y /ªuzfnfdf !#cf}F blIf0f PlzofnL v]ns"b ;Dd]ng -;fu_ pb3f6gsf nflu tof/L:j?k k"j{cEof; ub}{ v]nf8L . tl:a/ Mk|bLk/fh jGt÷/f;;

मंसिर २४,

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ । समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।

काठमाडौं बाहिर पोखरा र जनकपुरका खेल सम्पन्न भइसकेका छन् । पुरुष फुटबलका नेपाल र भुटानको फाइनल खेल ३ः०० बजे रंगशालामा सुरु हुनेछ । बास्केटबल ३ः३० बजे राखेप कभर्डहलमा, बक्सिङ र स्क्वास सातदोवाटो तथा जुडो लगनखेलमा हुनेछ । सागको नवौं दिनसम्म नेपाल ४९ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको भारतले एक सय ५९ स्वर्ण जितेको छ ।