काभ्रे काङ्ग्रेसको छ स्थानीय तहमा समायोजन सम्पन्न

मंसिर ११,
काभ्रे । नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसले क्षेत्र नम्बर १ अन्तर्गतका ५ स्थानीय तहमा पार्टी संरचना समायोजन सम्पन्न गरेको छ। जसमा तत्कालीन लोकतान्त्रिकका फोरमलाई सबै तहमा उपसभापति सहित समायोजन गरिएको नेता गणेश लामाले जानकारी दिए । खानीखोला गाउँपालिकाको सभापतिमा खडानन्द आचार्य ,उपसभापतिमा दोर्जेमान जिम्बा, महाभारत गाउँपालिकाको सभापतिमा अफिल ध्वज वाइबा,उपसभापति टेक बहादुर बल, नमोबुद्ध नगरपालिकाको सभापतिमा कुन्साङ लामा र उपसभापति ध्रुब श्रेष्ठ, तेमाल गाउँपालिकाको सभापतिमा तेमाल सिं लामा र उपसभापति चन्द्र सिं तामाङ र चौरीदेउराली गाउँपालिकाको सभापति पुर्ण बहादुर लामा र उपसभापतिमा खड्ग गौतम चयन भएका छन् । रोशी गाउँपालिकाको सभापतिमा लाल कुमार पाख्रिन र उपसभापतिमा प्रताप लामा र शेर बहादुर लामा चयन भएका छन् । त्यसै गरि पालिकाको सबै वडा समिति पनि गठन भएको छ । समायोजन पछि पार्टी संगठनले गतिशीलता प्राप्त गर्ने अपेक्षा गरिएको छ।