बालुवाटारमा ओली, देउवा र प्रचण्डको छलफलपछि….

227
photo: PM sachiwalay

बैशाख १२,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रवार अपराह्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । केही बेरपछि भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका छन् ।

तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल भएको स्रोतले जानकारि दिएको छ । सरकारले अध्यादेश जारीगरेसँगै कांग्रेसले तत्काल फिर्ता लिन दवाव दिएको थियो । भेटमा कांग्रेसका सभापति देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । शुक्रबार अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन् । उक्त अध्यादेश आजै सरकारले फिर्ता लिने निर्णय गरेको थियो र राष्ट्रपति विद्यादेवि भण्डारीले पनि दुबै अध्यादेशलाई खारेज गरिसकेकी छिन् ।