वाह सिमरन, तस्विरमा हेरौं

176

कार्तिक २३,
काठमाडौं । सन् २०१६ मा मिस टिन अफ द इयरको उपाधि जित्न सफल सिमरन शाक्य यतिबेला व्यवसायिक मोडलका रूपमा सक्रिय छिन् । इमाडोल, ललितपुरकी ५ फिट ६ इन्च अग्ली सिमरन भिविनरत्न शाक्य तथा रोमी शाह ठकुरीकी छोरी हुन् । र्‍याम्प मोडलिङमा रमाइरहेकी सिमरन हालै आयोजित हाउस अफ फेसन नेपाल–२०१९ की समेत विजेता हुन् ।
बीबीएस तेस्रो वर्षकी यी छात्राले हलोइन नाइट शीर्षकको एउटा छोटो चलचित्रमा अभिनय गरेर कलाकारिता क्षेत्रमा समेत पाइला राखिसकेकी छिन् । स्नातक तह उत्तीर्ण गरेपछि मिस नेपालमा समेत सहभागिता जनाउने योजना बनाएकी सिमरनले त्यसपछि नेपाली चलचित्रमा आउन सक्ने सम्भावनालाई समेत खुला राखेकी छिन् । फुर्सदमा पौडी खेल्न, नृत्य गर्न, पियानो बजाउन तथा गीत गाउन रुचाउने सिमरनले भविष्यमा बैंकिङ क्षेत्रमा करियर बनाउने कुरा पनि बताइन् ।

कृष्ण भट्टराई
तस्बिर: महेश प्रधान
लोकेसन : अयला रेस्टुराँ, कुमारीपाटी
पहिरन : पिजेज कलेक्सन, सिभिल मल
मेकअप: अम्बु रुचाल
साभारः साप्ताहिक