किन लाग्यो नेकपा भक्तपुर कार्यालयमा तालाबन्दी

144

कार्तिक १८, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सचीवालयले आइतबार उप निर्वाचनको उम्मेदवार तय गर्यो । भक्तपुर निर्वाचन क्षेत्र १(क) प्रदेशका लागि देबिप्रसाद ढकाल(डीपी)लाई उम्मेदवार बनायो । तर सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्ला स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले सुर्यबिनायकमा रहेको पार्टीमा केही बेर नारा जुलुस समेत गरेका छन् । २०७४ सालमा सप्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए । उनी हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचीव हुन् ।