विवेकशील साझाले मतदान नगर्ने

242
/fi6«kltsf] lgjf{rgdf dtbfg ;+3Lo ;+;b ejg gofF afg]Zj/ kl/;/df ;+3Lo nf]stflGqs u0ftGq g]kfnsf] /fi6«klt kbsf nflu d+unaf/ ePsf] lgjf{rgdf dtbfg ub}{ dtbftf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२९ फागुन
काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ ।
प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको बताए ।
प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।
पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ ।
प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ ।
अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेले बताए ।