Monday, September 28, 2026
Home शिक्षा त्रिवि उत्तरपुस्तिका विवादमा सतर्कता केन्द्रको यस्तो पत्राचार

त्रिवि उत्तरपुस्तिका विवादमा सतर्कता केन्द्रको यस्तो पत्राचार

198

कात्तिक २,
काठमाडौं : उत्तरपुस्तिका धुल्याउन निषेध गर्ने र विवादित उत्तरपुस्तिका पुन: निरीक्षण गर्नुपर्ने उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेपछि सतर्कता केन्द्रले विवाद साम्य नभइसकेसम्म कुनै पनि उत्तरपुस्तिका धुल्याउने कार्य नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ। प्रहरी नायव उपरीक्षक गणेश कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा यस्तो निर्देशन दिइएको हो। प्राडा. सीताराम प्रसाद व्याहुतको संयोजकत्वमा शिक्षाध्यक्षद्वारा मिति २०७६ वैशाख १७ मा गठन भएको छानबिन टोलीले अधिकांश प्रश्नहरू पाठ्यक्रमभित्र नरहेको भन्दै शिक्षाध्यक्षलाई प्रतिवेदन बुझाएको थियो। उत्तीर्ण हुन पनि धौधौ पर्ने सो परीक्षामा परीक्षार्थीलाई कसरी उत्तीर्ण गराइयो भन्ने प्रश्न सो रिपोर्टको निष्कर्षसँगै सतहमा आएको छ। सो उत्तरपुस्तिका तुरुन्त नियन्त्रणमा लिएर पुन: परीक्षण गरिनु पर्ने आवाज उठ्न थालेको छ। त्रिभुवन विश्वविद्यालयले सो छानबिन समितिको निष्कर्षसँगै उत्तरपुस्तीका पुन: परिक्षण गराएको छ/ छैन भन्ने भन्ने विषय पनि उल्लेख गर्नुपर्ने जनाएको छ। साथै सो समितिको रिपोर्ट पछि के-कस्तो कारवाही गरियो सोको विस्तृत विवरण पनि माग गरिएको छ।