Monday, September 28, 2026
Home समाज खानेपानीमन्त्री मगरद्वारा गुहेश्वरी प्रशोधन केन्द्रको अनुगमन

खानेपानीमन्त्री मगरद्वारा गुहेश्वरी प्रशोधन केन्द्रको अनुगमन

133

कात्तिक २,
काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छन्। खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार बिहान स्थलगत निरीक्षण गरेकी हुन्। निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमती नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिइन्। आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उनले सबैको चाहनाअनुसार बागमतीलाई प्राण भरेर कञ्चन पानी बग्ने व्यवस्था मिलाउने बताइन्। उनले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाडौंमा भने चुनौतिपूर्ण नै बनेको बताइन्। उनले फोहरको व्यवस्थापकीय पक्षप्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिइन्।