युनिटीको स्थापना दिवस तथा पुस्कार वितरण सम्पन्न

76

भक्तपुर । स्रर्यविनायक नगरपालिका वडा नं. ५ मा कटुन्जेमा रहेको युनिटी स्कूलले आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा एसइइ बिदाई एवं सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रम– २०७९ सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सम्झना गुमान्जु तथा विद्यालयका संचालकहरुले हालै सम्पन्न भएको युनिटी ओलम्पिक फेट २०७९ को पुरस्कार बितरण गरेका थिए । ओलम्पिकका विभिन्न खेल क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीहरुलाई मेडल र सम्मान प्रत्र बितरण गरिएको थियो । त्यस्तै विद्यालयका शिक्षक, शिक्षिकाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले विभिन्न नृत्य, गीत, कबिता बाचन, नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुवाश न्यौपानले निजी क्षेत्रको लगानीले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताए । नेशनल प्याब्सन भक्तपुर जिल्लाका अध्यक्ष संजय खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युनिटीले विभिन्न फरक फरक कार्यक्रम ल्याउन सफल भएको बताए । युनिटी इङ्लिस सेकेण्डरी स्कुलका प्रिन्सीपल सम्झना गुमान्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालक समितीका अध्यक्ष बिपिन गुमान्जु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जु, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निकै उत्साह जनक र निकै भव्य र सभ्य तवरले संचालन भएको थियो । कार्यक्रममा एस इ इ ब्याच २०७६, २०७७, २०७८ को एकै पटक बिदाई गरिएको थियो ।