ऋतिक र टाइगरको ‘वार’ को रेकर्ड तोड ओपनिङ

351

एजेन्सी, असोज १६,
काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा रेकर्ड तोड ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन यो फिल्मले भारु ५० करोडमा ओपनिङ गरेको हो । ‘वार’ले शानदार ओपनिङ गर्दै ‘जोकर’ र ‘सईरा नरसिंहा राव’लाई पछाडी छाडेको छ । बक्स अफिस इन्डियाकाअनुसार, वारले हिन्दी भर्जनमा मात्रै ५० करोड कलेक्सन गरेको हो । गान्धी जयन्तीको अवसर पारेर रिलिज गरिएको फिल्मले सार्वजनिक विदाको पुरा फाइदा उठाएको छ । एक्सन फिल्मलाई समीक्षकले पनि निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । यो फिल्म भन्दा पहिला ‘ठग्स अफ हिन्दोस्तान’ले ५२ करोडमा ओपनिङ गरेको थियो । यसपछि वार यो वर्षको दोस्रो ठूलो ओपनर बनेको छ ।

एक्सन स्टार ऋतिक र टाइगर पहिलो पटक एकै स्क्रिनमा देखिएका छन् । फिल्ममा गुरु र चेलाको टकरावलाई दर्शकले निकै रुचाइरहेका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्ममा ऋतिक र टाइगरसँगै बानी कपूरको पनि अभिनय छ ।