टि–२० शृङ्खला खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

105

असोज १६,
काठमाडौं । सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहिबार) ओमान जाँदैछ । आगामी शनिबार ९अक्टोबर ५–१०० देखि शुरु हुने ५ देश सम्मिलित टि–२० शृङ्खलाका लागि नेपाली टोली आज ओमान जान लागेको हो । शृङ्खलामा नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्याण्ड्स छन् । यो क्रिकेट शृङ्खला नेपालका लागि विषेश रहेको छ ।

युवा खेलाडीको वाहुल्यता रहेको नेपाली टोलीमा कप्तान पारस खड्का र, विनोद भण्डारी बाहेक सबै ४–५ बर्षमा आफुलाई टोलीमा स्थापीत गर्न सफल खेलाडी छन् । ओमानमा हुने शृङ्खलामा आईसीसीको विश्व टि–२० वरियताका आधारमा सबैभन्दा बलियो टोली नेपाल रहेको छ । नेपाल आईसीसीको टि–२० विश्व वरियतामा १२ औं स्थानमा छ भने आयरल्यान्ड, नेदरल्याण्ड्स, ओमान र हङकङ क्रमश स् १५,१६, १८ र १९ औं स्थानमा रहेका छन् ।

ओमान शृङ्खलामा डिआरएस ९डिसिजन रिभ्यु सिस्टम० पद्धती रहेको छ । नेपाल पहिलो पटक डिआरएस पद्धती समावेश गरिएको क्रिकेट शृङ्खला खेल्न लागेको हो । ओमानमा नेपालले पहिलो आइतबार हङकङसँग खेल्नेछ भने दोस्रो खेल नदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ । यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।