‘चिसो मान्छे’ अमेरिका र क्यानडामा पनि असार ३ मै प्रदर्शन हुने

156

काठमाडौं : दिपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकन रहेको नेपाली फिल्म चिसो मान्छेको अमेरिका र क्यानडा राइट्स बिक्री भएको छ। कपिराइट्स बिक्री भएसँगै अमेरिका र क्यानडामा पनि असार ३ देखि नै प्रदर्शनमा आउने भएको हो। केही दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। विदेशमा निधन भएका श्रीमानको शव लिन आएकी श्रीमतीको प्रेमकथामा फिल्म आधारित रहेको छ। डिएस डिजिटलको ब्यानरमा बनेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन्। स्वस्तिमा, अर्पण र देशभक्तबाहेक फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झाकेन बिसी, पुष्पा अवस्थी, सञ्जोग रसाइली, विकास खनाललगायत कलाकारको अभिनय रहेको छ।