सुनको मूल्य फेरी बढ्यो

169

असोज १६,
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ हजार १ सय र चाँदी १५ रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।